FLASH NEWS

रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्चमा रिट दर्ता


नेपाल आवाज १६ जेष्ठ २०८०, मंगलवार १७:२६ मा प्रकाशित २१५५ पाठक संख्या

काठमाडौं – रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा पेश भएको रिट निवेदन दर्ता भएको छ।


टिकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहोराकी श्रीमती शारदा कडायतले आइतबार दिएको रिट निवेदलाई सर्वोच्चले दर्ता गरेको हो।

सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार रिटको पेशी बुधबारका लागि तोकिएको छ।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलसजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आमाफी दिएका हुन्।

जन्मकैद भएका चौधरीलाई सरकारले १३ वर्ष कैद मिनाहा दिएको छ।