FLASH NEWS

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सुरु


नेपाल आवाज १८ जेष्ठ २०८०, बिहीबार ११:५३ मा प्रकाशित १३६३ पाठक संख्या

काठमाडौं – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता सुरु भएको छ। नयाँदिल्लीको हैदरावाद हाउसमा अहिले दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता भइरहेको छ।


द्विपक्षीय वार्तापछि दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन्। आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ ।

त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्तरुपमा आयोजना गरेको नेपाल-भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

यसैगरी भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री प्रचण्डले आज नै भेटघाट गर्ने कार्यक्रम छ ।

यसअघि प्रधानमन्त्री प्रचण्डले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका थिए। त्यसक्रममा उनले आगन्तुक पुस्तिकामा गन्धीप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए । प्रधानमन्त्री प्रचण्ड मोदीसँगको भेटवार्ताका लागि हैदराबाद पुग्दा कारगेटसहित पुगेका थिए ।