FLASH NEWS

प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पूजाअर्चना गर्ने


नेपाल आवाज १९ जेष्ठ २०८०, शुक्रबार ०८:१८ मा प्रकाशित १४३५ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज मध्यप्रदेशको उज्जैन जाँदैछन् । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूर्जाअर्चना गर्नेछन् ।


भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ११ बजे मन्दिरमा पुग्नेछन् । त्यसपछि उनले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्नेछन् ।

नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरि ६ घन्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाईएको छ ।

यस क्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरुलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

महाराष्ट्रस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्ड पुग्ने भएपछि मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

आजै प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशका राज्यपालसँग भेटघाट गर्ने कार्यक्रम छ। इन्दोरको भ्रमणका क्रममा त्यहाँको फोहोर व्यवस्थापनसम्बन्धी जानकारी लिनेछन्। प्रचण्डले इन्दोरमा भाजपा र आरएसएसका नेताहरूसँग अन्तक्रिया गर्ने सम्भावना छ। गत वर्ष उनी भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा दिल्ली आउँदा भाजपा र माओवादीबिच पार्टीगत सम्बन्ध प्रारम्भ भएको थियो, यो भ्रमणले त्यसलाई पनि निरन्तरता दिने प्रयास हुने बताइएको छ। प्रधानमन्त्रीले भारतीय उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।

बेलुका उनी मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्।