FLASH NEWS

दिवंगत राजा वीरेन्द्र र राजपरिवारका सदस्यहरुको सम्झनामा दीप प्रज्वलन


नेपाल आवाज १९ जेष्ठ २०८०, शुक्रबार २३:०० मा प्रकाशित ९४३९ पाठक संख्या

काठमाडौं – दिवंगत राजा वीरेन्द्र र राजपरिवारका सदस्यहरुको सम्झनामा नारायणहीटी दरबारको‌ मुख्य द्वार अगाडि दीप प्रज्वलन गरिएको छ।


राजपरिवारका सदस्यहरुको सहभागितामा शुक्रबार दिवंगत राजा वीरेन्द्रसहित राजपरिवारका सदस्यहरुको सम्झना गरिएको हो। द्वीप प्रज्वलनमा पूर्वयुवराज पारस शाह, अधिराजकुमार धिरेन्द्र शाहका छोरीहरु पूजा र दिलाशा सहभागी थिए। द्विप प्रज्वलन कार्यक्रम हिमानी ट्रष्ट नेपालले आयोजना गरेको हो।

वि.सं. २०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति,राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती,अधिराजकुमारी शान्ति,अधिराजकुमारी शारदा र कुमार खड्गविक्रम शाहको मृत्यु भएको थियो। शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा त्रिभुवन सदनमा घटना घटेको थियो।