आज: | Tue, 26, Sep, 2023
FLASH NEWS

रेशमविरुद्धकाे रिटको पेशी न्यायाधीश सुष्मालताको इजलासमा


नेपाल आवाज २१ जेष्ठ २०८०, आईतवार १२:४४ मा प्रकाशित ७०३ पाठक संख्या

काठमाडौं-  रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ।

मुद्दाको पेशी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा तोकिएको छ।

यसअघि गत बुधबार मुद्दाको पेशी न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको थियो। सो दिन समय अभावले हेर्न नभ्याएकाले मुद्दामाथि सुनुवाइ भएन ।

कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका चौधरीलाई राष्ट्रपतिले गणतन्त्र दिवसका दिन आममाफी दिँदै रिहाइ गरेको थियो

घटनामा मारिएका प्रहरी अधिकृतकी पत्नी शारदा कडायत बोहोराले अदालतले दोषी ठहर गरेका चौधरीलाई आम माफी दिने निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएकी हुन्।