आज: | Tue, 19, Mar, 2024
FLASH NEWS

विपक्षी दलहरूको अवरोधपछि संसद् बैठक भोलिसम्मका लागि स्थगित


नेपाल आवाज २१ जेष्ठ २०८०, आईतवार १६:०६ मा प्रकाशित ८५९ पाठक संख्या

काठमाडौं – नेकपा एमाले, राप्रपा, रास्वपालगायत विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक भोलिसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयका अनुसार संसदको अर्को बैठक भोलि सोमबार बिहान ११ बजे बस्नेछ ।

आइतबारको बैठकमा प्रतिपक्षी दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चार दिने भारत भ्रमणका क्रममा गरेका वार्ता र राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक राष्ट्रहितविपरीत भएकाले त्यसउपर छलफल नहुँदासम्म संसद् बैठक अगाडि बढ्न नदिने भन्दै विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले बैठक एक घण्टाका लागि स्थगित गरेका थिए ।

प्रतिपक्षी दलहरु आफ्नो अडानबाट पछि नहटेपछि पूर्वनिर्धारित कार्यसूचीअनुसार प्रतिनिधिसभामा बजेटमाथि छलफल हुन सकेन ।