FLASH NEWS

सरकारले लगायो वर्षायाममा सडक खन्न प्रतिबन्ध


नेपाल आवाज २५ जेष्ठ २०८०, बिहीबार ०९:३७ मा प्रकाशित १२३७ पाठक संख्या

काठमाडौं – सरकारले वर्षायामका बेला कुनै पनि कामका लागि सडक खन्न प्रतिबन्ध लगाएको छ ।


सडक विभागअन्तर्गतको सडक अनुगमन कार्यालयले बिहीबार ‘वर्षायाममा सडक खन्ने स्वीकृति नदिइनेबारे सार्वजनिक सूचना’ जारी गर्दै आगामी असर १ देखि भदौ मसान्तसम्म सडकमा खन्न प्रतिबन्ध लगाएको हो ।

‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत-सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यही २०६० साल असार १ गतेदेखि २०८० साल भाद्र मसान्तसम्म यस कार्यालयअन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ ।