FLASH NEWS

‘राष्ट्रपतिले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु गलत’ :रवि लामिछाने


नेपाल आवाज २७ जेष्ठ २०८०, शनिबार १२:४४ मा प्रकाशित ११७१ पाठक संख्या

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु गलत भएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।


तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोक्दा पनि आफ्नो पार्टीले बिरोध गरेको र त्यसबेला संसदमा रहेका दलहरुले पनि अकर्मण्यता देखाएको उनको ठहर छ।

उनले वैवाहीक अंगीकृतका हकमा पनि यस नागकिरता विधेयकले बोलोस् भन्ने चाहेपनि संसदमा नलगिकन प्रमाणीकरण पठाउनुले सरकारको बाटो स्पष्ट भएको बताए। आफ्नो पार्टीले नेपाली नागरिकले नागकिरता पाउनु हुँदैन भनेर कहिल्यै नभनेको बरु सही ढंगबाट यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिएको उनको भनाई छ।

सभापति लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबैखाले चुनावमा विजयी हासिल गर्ने अवस्था देखिएपछि पार्टीबिरुद्ध बाधा पु¥याउने प्रयास भइरहेको आरोप लगाएका छन्। उनले रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरुले घेराबन्दी गरिरहेको बताए।

उनले भने,‘तपाईहरुलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ । हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरुले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ तर हामी डराउँदैनौँ। २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्नेकुरा आम जनताले घरघरमा महशुस गरिसकेका छन्। तर त्यो अनुमानलाई बाधा पु¥याउन अहिलेदेखि नै प्रयासहरु चलेको छ।’