FLASH NEWS

प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुले गरे पशुपतिनाथको दर्शन


नेपाल आवाज २७ जेष्ठ २०८०, शनिबार १९:५१ मा प्रकाशित १९०९ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पशुपतिनाथको दर्शन गरेका छन् ।


शनिबार साँझ केही मन्त्रीहरुसँगै पशुपतिनाथ पुगेका उनले दर्शन गरेका हुन् । त्यस क्रममा उनले उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती,लगायत पशुपति विकास कोषका सदस्य सचिव लगायतले स्वागतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि सहभागी थिए ।

उनले त्यहाँ आरती पनि अवलोकन गरेका छन् । यसअघि भारत भ्रमणका क्रममा मध्यप्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा उनले पूजा समेत गरेका थिए। गेरू वस्त्र लगाएर पूजा गरेपछि प्रधानमन्त्री प्रचण्डको चर्को विरोध भएको थियो।  भ्रमणपछि नेपाल फर्किँदा आफू कम्युनिष्टसँगै प्रधानमन्त्री पनि भएकाले कूटनीतिका लागि पुजा गरेको बताएका थिए।