FLASH NEWS

जिल्ला अदालत अगाडि प्रदर्शन गर्ने विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ


नेपाल आवाज ३१ जेष्ठ २०८०, बुधबार १५:५७ मा प्रकाशित १२३१ पाठक संख्या

काठमाडौं – काठमाडौं  जिल्ला अदालत अगाडिबाट प्रहरीले १३ जना नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का नेता कार्यकर्ता पक्राउ परेका छन् ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तलाई दोषीको कारबाही गर्न माग गर्दै अदालत अगाडि प्रदर्शन गर्न पुगेका विद्यार्थी नेता कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाको पक्षमा बहस गरिरहेका अधिवक्ताहरूविरूद्व समेत नाराबाजी गरेका थिए ।

संगठनले ‘देशद्राेहीलाई बहिस्कार गराैँ’,  ‘भ्रष्टाचारीलाई कारबाही गर’,  ‘प्रहरी दमन मुर्दावाद’भन्दै नारासमेत लगाएका थिए।

उनीहरूलाई नियन्त्रण्मा लिने क्रममा प्रहरीले लाठीचार्जसमेत गरेको थियो ।