FLASH NEWS

प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको नाम सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन


नेपाल आवाज १ असार २०८०, शुक्रबार १२:३७ मा प्रकाशित १२५५ पाठक संख्या

काठमाडौं – संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको छ ।


सुनुवाई समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो । बिहीबार कार्ययोजना पेश गरेका कार्कीसँग शुक्रबार प्रश्नउत्तर भएको थियो ।

लगतै समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । कार्कीको नाम अनुमोदन भएपछि शुक्रबार नै सपथ गराउने तयारी भएको छ । सपथका लागि आफुहरु तयारी अवस्थामा रहेको भन्दै समयमै पत्र आइपुगे आजै सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईका अनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएको पत्र राष्ट्रपति कार्यालयमा समयमै आइपुगेमा शुक्रबार नै सपथ गराउने तयारी भएको छ ।