FLASH NEWS

समाजवादी मोर्चा घोषणा तयारी : ४ दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल


नेपाल आवाज ३ असार २०८०, आईतवार ११:०३ मा प्रकाशित १४५९ पाठक संख्या

काठमाडौं – समाजवादी मोर्चा घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार दलका शीर्ष नेताहरू अहिले बालुवाटारमा छलफल गरिरहेका छन्।


छलफलमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ छन् भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव विप्लव सहभागी छन्।

आजको छलफलमा मोर्चाको घोषणा मितिको टुंगो लाग्नेछ । यस्तै बाबुराम भट्टराईलाईपनि मोर्चामा ल्याउन प्रयास हुनेछ ।

७ गतेभित्र मोर्चाको घोषणा गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । नेकपा एसभित्र मोर्चा घोषणाका सन्दर्भमा देखिएको मतभेद र बाबुराम भट्टराईको समेत विमतिलाई मिलाउन केही समय लागेको बताइएको छ ।