FLASH NEWS

किसानले सडकमा गोलभेँडा फालेको फोटो राख्दै ओलीले भने– ‘यस्तो देख्दा मन थाम्न मुस्किल हुन्छ’


नेपाल आवाज ४ असार २०८०, सोमबार ११:१८ मा प्रकाशित १७७७ पाठक संख्या

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले बजार मूल्य नपाएर किसानले सडकमा गोलभेँडा फालेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।


सोमबार सामाजिक सञ्जालमार्फत ओलीले नेपालले करिब ४०० अर्बको कृषिजन्य बस्तु आयत गरिरहेको अवस्था रहेको बताउँदै नेपाली कृषि उत्पादनले मूल्य नपाएर सडकमा फाल्नुपर्ने अवस्था रहेको भन्दै चिन्ता ब्यक्त गरेका हुन् ।

अध्यक्ष ओलीले भनेका छन्– ‘हामी एकातिर करिब ४०० अर्बको कृषिजन्य बस्तु आयत गरिरहेका छौं, अर्कोतिर हाम्रा कृषि उत्पादनले मूल्य नपाएर सडकमा फालिएको छ । किसानले मेहनतपूर्वक पसिना बगाएर गरेको उत्पादन सडकमा फालेको यस्तो दृश्य देख्दा मन थाम्न मुश्किल हुन्छ। कृषिबस्तु खरिद सम्झौता हुनु पर्छ भनेर हामीले घोषणा पत्रको २० ग्यारेन्टीमा भनेका थियौं पनि । जबसम्म हामी किसानलाई उनीहरूका उत्पादनको उचित मूल्य र आम्दानीको ग्यारेन्टी गर्न सक्दैनौं, तबसम्म हामी कृषिलाई अर्थतन्त्र र रोजगारीको बलियो खम्बा बनाउन सक्दैनौं।’