FLASH NEWS

ताप्लेजुङ उडेको प्रधानमन्त्री सवार हेलिकप्टर विराटनगरमा आकस्मिक अवतरण


नेपाल आवाज ४ असार २०८०, सोमबार १५:३४ मा प्रकाशित १९९९ पाठक संख्या

काठमाडौं – संखुवासभाको बाढी पहिरो निरीक्षण गरी ताप्लेजुङका लागि उडेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकप्टर विराटनगरमा  आकस्मिक अवतरण भएको छ ।


मौसमको प्रतिकुलताका कारण प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टर विराटनगरमा अवतरण गरेको उनका प्रेस संयोजक सूर्य किरण शर्माले बताए ।

आज दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाको तुम्लिङटार गएको टोली त्यहाँबाट पाँचथर प्रस्थान गरेको थियो ।

संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए । प्रधानामन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्दारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए । उनले उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन र अन्य स्वयमसेवी संघसंस्थामा अपील पनि गरेका थिए ।

प्रधानमन्त्रीसँगै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, सहरी विकास मन्त्री सिता गुरुङ, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र बाढी प्रभावित जिल्लाका जनप्रतिनिधिहरु छन् ।

फेरि बाढी पहिरो पीडित रहेको ताप्लेजुङ र पाँचथर जाने वा नजाने भन्ने विषयमा अहिले निर्णय भइनसकेको प्रधानमन्त्रीका प्रेस संयोजक शर्माले बताए ।

प्रधानमन्त्री प्रचण्ड आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी काठमाडौं फर्कने कार्यक्रम थियो ।