FLASH NEWS

क्रिकेट विश्वकप छनोट : २ पटकको विश्व च्याम्पियन वेष्टइन्डिजसँग भिड्दै नेपाल


नेपाल आवाज ७ असार २०८०, बिहीबार ११:०७ मा प्रकाशित १३०९ पाठक संख्या

काठमाडौं – आइसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज बिहीबार वेस्ट इन्डिजसँग खेल्दैछ।


वेस्ट इन्डिज र नेपालबीचको खेल जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह  १२:४५ मा सुरु हुनेछ।

यसअघि नेपालले पहिलो खेलमा जिम्बावेसँग हार बेहोर्दा दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो। तेस्रो खेल खेल्दै गरेको नेपाल वेस्ट इन्डिजलाई हराएर प्रतियोगितामा दोस्रो जित हात पार्न चाहन्छ । पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो । दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियनसँग नेपालको यो पहिलो भेट हो ।

वेस्ट इन्डिजले भने दोस्रो खेल खेल्न लागेको हो। उसले पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो।

नेपालले कुनै पनि विश्व बिजेतासँग पहिलो पटक खेल्ने अवसर पाएको हो । नेपालले यस अवसरलाई सदुपयोग गर्दै ऐतिहासिक जित निकाल्ने सोचमा नेपाल रहेको छ ।

यसका लागि नेपालले आफ्नो बलियो प्लेईङ-११ मैदानमा उतार्ने अनुमान गर्न सकिन्छ । मंगलबार अमेरिकासँग खेलेको प्लेईङ-११ लाई आजको खेलमा निरन्तरता दिने सम्भावना रहेको छ ।

वेष्टइन्डिजले आइसीसी एकदिवसीय विश्वकपको पहिलो तथा दोस्रो संस्करणको उपाधि जितेको थियो।  १९७५ मा इंग्ल्यान्डमा आयोजना भएको पहिलो संस्करणको विश्वकपमा अष्ट्रेलियालाई पराजित गरि वेस्ट इन्डिजले उपाधी जितेको थियो।

इंग्ल्यान्डमै १९७९ आयोजना भएको दोस्रो संस्करणमा घरेलु टोलीलाई पराजित गरि वेष्टइन्डिजच्याम्पियन बनेको थियो। त्यस्तै वेष्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–ट्वेन्टी विश्वकप जितेको थियो। सन् २०१२ मा श्रीलंकालाई हराएर विश्व विजेता बन्दा २०१६ मा इंग्ल्याण्डलाई हराएर च्याम्पियन बनेको थियो।

१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा  छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्।

समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।

नेपालको सम्भावित प्लेईङ-११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी