FLASH NEWS

गोरखामा जीप दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त


नेपाल आवाज ८ असार २०८०, शुक्रबार ११:५८ मा प्रकाशित १३१५ पाठक संख्या

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको सहिदलखन गाउँपालिका- ३ मा भएको सवारी दुर्घटनामा परी पाँच जनाको निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन्।


प्रधानमन्त्री दाहालल दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन्। उनले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किएको ०१‍-०२३ च ४४२७ नम्बरको जीप पातलेखोला भन्ने स्थानमा आज बिहान करिब २ बजे दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो। दुर्घटनामा १२ जना घाइते भएका थिए।

जीप दुर्घटनामा ५ जनाको मृत्यु भएपछि शहिद लखन गाउँपालिकाले शोक बिदा दिएको छ। मृत्यु हुनेको सबैको सनाखत भइसकेको छ।

यो पनि पढनुहोस् : गोरखामा जन्ती बोकेको जीप दुर्घटना, पाँच जानाको मृत्यु