FLASH NEWS

मुटुमा पेसमेकर राखेका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था कस्तो छ ?


नेपाल आवाज ८ असार २०८०, शुक्रबार १६:५६ मा प्रकाशित १४६५ पाठक संख्या

काठमाडौं –  मुटुमा पेसमेकर राखेका राष्ट्रपति रामचन्द्र पौडेलको पछिल्लो स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।


त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उल्लेख छ ।

राष्ट्रपति पौडेल यही असार २ गतेदेखि सो अस्पतालमा उपचाररत छन् । मुटुको चालमा गडबडी देखिएपछि उनको मुटुमा गत मंगलबार पेसमेकर राखिएको थियो ।

त्यसअघि जेठ ३० गते मंगलबार पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा पनि उपचार गराएका थिए । बाँसबारीमा एन्जिओप्लास्टी गरेर बन्द भएको मुटुको नशा खुलाइएको थियो । त्यसभन्दा अघि उनले भारतमा गएर उपचार गराएका थिए ।