FLASH NEWS

झलनाथको प्रश्न : साढे ८ हजार चर्च कसरी बने ? धर्म परिवर्तन कसले गराउँदैछन् ?


नेपाल आवाज ८ असार २०८०, शुक्रबार १८:४६ मा प्रकाशित १२४९ पाठक संख्या

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्ट पार्टीहरु विभाजित हुँदा मुलुकमा राजनीतिकसँगै सांस्कृतिक संकट बढ्दै गएको बताएका छन् ।


शुक्रबार एकीकृत समाजवादी सम्पर्क विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले बितेका तीन चार वर्षको बीचमा गाउँगाउँमा डरलाग्दो ढंगले धर्म परिवर्तन र चर्चका भवनहरु बनिरहेको बताए । उनले धर्म परिवर्तन कसले गराउँदैछ ? भन्दै प्रश्नसमेत गरे ।

उनले भने, ‘हाम्रोसामु सांस्कृतिक संकट डरलाग्दो ढंगले बढेको छ । गाउँगाउँमा, वार्डवार्डमा चर्चहरु ठडिएका छन् । यो तीन चार वर्षको बीचमा यत्रा चर्चका बिल्डिङहरु कसरी बने ? साढे ८ हजार चर्च कसरी बने ? अझ अमेरिकाबाट विदेशीमन्त्री कुर्लिन्छ, नेपालमा हिन्दूको लागि कोष छ, बुद्धिष्टको लागि कोष छ तर, क्रिश्चियनलाई किन खोइ भनेर ।’

अमेरिकी विदेश मन्त्रालयको पछिल्लो रिपोर्टले नेपाललाई धार्मिक युद्धमा फसाउन खोजेको आरोपसमेत खनालले लगाए ।