FLASH NEWS

बालेन शाहविरुद्ध सर्वोच्चमा अवहेलनाको उजुरी


नेपाल आवाज १० असार २०८०, आईतवार १२:२९ मा प्रकाशित १२१३ पाठक संख्या

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन )विरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।


अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना गरेको भन्दै कारवाहीको मागसहित निवेदन दर्ता गराएका हुन् ।

उनले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले मुद्दाको रुप लिनेछ ।

केही दिनअघि भारतीय चलचित्रलाई नेपाली हलमा चलाउन नदिने मेयर शाहको निर्णय विरुद्ध उच्च अदालतले अन्तरिम आदेश दिएको थियो । त्यसपछि उनले अदालत नै भारतबाट प्रभावित भएको आरोप लगाउँदै अदालतको आदेश पालना नगर्ने बताएका थिए ।