FLASH NEWS

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा


नेपाल आवाज ११ असार २०८०, सोमबार १४:३३ मा प्रकाशित ३०६७ पाठक संख्या

काठमाडाैं – पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।


पदमा वहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनको ६ करोड ३९ लाख ९३ हजार ३ सय १२ रूपैयाँ ४१ पैसा सम्पत्ति देखिएकामा त्यसमा एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ अवैध देखिएकाले सोही रकम बराबरको विगो कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

अख्तियारले २०७४ साउन ३२ गतेदेखि २०७९ जेठ ३० गतेसम्म आर्जन गरेको सम्पत्ति माथि जाँच गर्दा उक्त रकम गैरकानुनी रहेको खुलेको हो।