FLASH NEWS

नागरिकता माग गर्दै आत्मदाह प्रयास गरेका युवकले पाए नागरिकता


नेपाल आवाज ११ असार २०८०, सोमबार १६:४३ मा प्रकाशित १४७७ पाठक संख्या

काठमाडौं- वंशजको आधारमा नागरिकता माग गर्दै आत्मदाहको प्रयास गरेका मोरङ कटहरी गाउँपालिकाका निरजकुमार कामतले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन्।


२६ वर्षीय कामतले जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकताको प्रमाणपत्र लिएका हुन् । सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रप्रसाद यादवले कामतलाई नागरिकता प्रदान गरेका हुन्। नागरिकता हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीहरु शरदकुमार पोखरेल र प्रदीप साह उपस्थित थिए।

कामतले केही दिनअघि काठमाडौंको माइतीघर मण्डलामा नागरिकता माग गर्दै भएको आन्दोलनमा आत्मदाहको प्रयास गरेका थिए । प्रहरीले तत्काल ठूलो घटना हुनबाट जोगाएको थियो ।

उनी मोरङ कटहरी गाउँपालिका-४ का किसुनदेव कामत र गुलाबदेवी चौधरीका जेठो छोरा हुन्।