आज: | Sat, 30, Sep, 2023
FLASH NEWS

उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी भन्छन्- पर्यटनमन्त्रीलाई स्पष्टीकरण दिन्नँ


नेपाल आवाज १२ असार २०८०, मंगलवार १२:५८ मा प्रकाशित १०४५ पाठक संख्या

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संसकृति, पर्याटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन् ।

सोमबार किराँतीले महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए ।

मन्त्री किरातीलेले सो निर्णय भएको विषयमा सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका छन् । महानिर्देशक अधिकारीले आफूलाई ‘अति जरुरी/गोप्य’ भनेर आएको पत्र सामाजिक सञ्जालमा मन्त्री आफैंले सार्वजनिक गरेकाले त्यसको स्पष्टीकरण पेश नगर्ने बताएका हुन् ।

‘म परेको सबै फेस गर्छु, तर स्पष्टीकरण दिन्नँ,’ महानिर्देशक अधिकारीले भने,‘राष्ट्रिय सुरक्षामा नै गम्भीर असर पर्ने खालका सूचना चुहिने गरी मन्त्रीज्यूले पत्र सामाजिक सञ्जालमा राख्नुभएको छ, यो सही छैन ।’

यो पनि पढ्नुहोस : पर्यटनमन्त्री किरातीले सोधे उड्डयन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण