आज: | Wed, 27, Sep, 2023
FLASH NEWS

ललिता निवास प्रकरण : पक्राउ परेका ७ मध्ये ३ जना रिहा


नेपाल आवाज १२ असार २०८०, मंगलवार २०:११ मा प्रकाशित १५४९ पाठक संख्या

काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेका ७ जनामध्ये तीन जनालाई प्रहरीले कागज गराएर रिहा गरेको छ ।

मालपोत कार्यालय डिल्लीबजारमा तत्कालीन कर्मचारी कलाधर देउजा,पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपालीलाई पक्राउ गरिएको केही घन्टामै कागज गरेर छाडिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै अवस्थामा फेरि यसैसँग सम्बन्धित अर्को मुद्दामा पक्राउ नगर्न सर्वोच्च अदालतले गत साउन १९ गते अन्तरिम आदेश दिएको पाइएपछि तीन आरोपीलाई छाडिएको हो ।

सर्वोच्चको अन्तरिम आदेशको उक्त प्रमाण पेस गरेपछि आरोपित तीन जनालाई प्रहरीले कागज गराएर रिहा गरेको हो । उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

उक्त प्रकरणमा प्रहरीले मंगलबार सात जनालाई पक्राउ गरेको थियो । जसमध्ये निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र गोपाल कार्की भने प्रहरी हिरासतमा छन् ।