FLASH NEWS

प्रधानमन्त्री र राष्ट्र संघका उपमहासचिवबीच भेटवार्ता


नेपाल आवाज १३ असार २०८०, बुधबार ११:०५ मा प्रकाशित १०८१ पाठक संख्या

काठमाडौं – राष्ट्र संघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।


प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको भेटमा नेपाल र संयुक्त राष्ट्र संघबीचको साझेदारी तथा शान्ति सेनामा नेपालको योगदानका विषयमा छलफल भएको थियो ।

उपमहासचिव ल्याक्रोइक्स चार दिने भ्रमणमा मंगलबार काठमाडौँ आइपुगेका हुन् । मंगलबार नै उनले रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा शिष्टाचार भेट गरेका थिए । सो भेटमा आपसी चासोका विषयहरुमा छलफल भएको सेनाको भनाई छ ।