FLASH NEWS

पेशा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन माग राख्दै यातायात व्यवसायीले गरे प्रदर्शन


नेपाल आवाज १४ असार २०८०, बिहीबार १७:१७ मा प्रकाशित १४७१ पाठक संख्या

काठमाडौं – पेशा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने माग राख्दै यातायात व्यवसायी तथा चालकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।


आज बिहीबार काठमाडौंको कलंकी, स्वयम्भु, बालाजु लगाएत चक्रपथ क्षेत्रको सडकमा यातायातका साधनहरु तेर्स्याएर उनीहरुले प्रदर्शन गरेका हुन् ।

सरकारले स्वदेशमा नै काम गर्ने वातावरण बनाउनुपर्ने, बैंकको ऋण तिर्ने म्याद एक बर्ष थप गर्नुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायत माग उनीहरुले राखेका छन् । प्रदर्शनमा सहभागीहरुले यातायात क्षेत्रलाई राज्यले महत्व नदिएकै कारण आफुहरु विभिन्न समस्या झेल्न बाध्य भएको गुनासो गरेका छन् ।

आफूहरुको माग र मुद्दाका बारेमा पटक पटक राज्यका बिभिन्न निकायमा कुरा राख्दा पनि कुनै सुनुवाई नभएको उनीहरुको भनाइ छ । यातायात व्यवसायी तथा चालकहरुको आन्दोलनका कारण सो क्षेत्रको यातायात बिहीबार दिनभर प्रभावित भएको थियो ।