FLASH NEWS

ललिता निवास प्रकरण: पक्राउ परेका मीनबहादुर गुरूङसहित तीन जना अस्पताल भर्ना


नेपाल आवाज १५ असार २०८०, शुक्रबार १९:२३ मा प्रकाशित २७९७ पाठक संख्या

काठमाडौं – बालुवाटार प्रकरणमा पक्राउ परेका तीन जनालाई त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको छ।


प्रहरीका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतमलाई टिचिङ अस्पतालमा भर्ना गरिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) स्रोतका अनुसार तीनै जनालाई हिजो नै (बिहिबार) अस्पताल भर्ना गरिएको हो।

उनीहरू दुई जनामध्ये एक जनाको प्रोस्टेटको अपरेशन गरिएको छ भने अर्को व्यक्तिलाई बेला-बेलामा अक्सिजन दिइरहनुपर्ने भएको सिआइबी स्रोतले जानकारी दिए। तीन जना अस्पताल भर्ना भएपछि गोपाल कार्की मात्र हिरासतमा छन्।

ब्युरोले असार १२ गते ललिता निवास प्रकरणमा ७ जनालाई पक्राउ गरेको थियो। तीमध्ये तीन जना कलाधर देउजा, सुरेन्द्रमान कपाली र भुपेन्द्रमणि केसीले अदालतबाट स्टे-अर्डर लिएका थिए। त्यसैले उनीहरू सोही दिन छुटेका हुन्।