FLASH NEWS

नारायणगढ–मुग्लिन सडक बिहान ३ बजेदेखि अवरुद्ध


नेपाल आवाज १६ असार २०८०, शनिबार ०७:१० मा प्रकाशित १२४३ पाठक संख्या

चितवन –  नारायणगढ–मुग्लिन सडक खण्ड बिहान ३ बजेदेखि अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलो तुइन खोला नजिकै पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।


पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ । लगातार पहिरो खसेकाले पन्छाउन समस्या भइरहेको बताइएको छ । यसअघि २८ घण्टा अवरुद्ध भएको यो सडक शुक्रबार साँझबाट सञ्चालनमा आएको थियो ।

अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् ।

बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र अवरुद्ध हुने गरेको छ। तुइन खोलामा पुल बनाउन लागि ठेक्का पाएको अनक कन्स्ट्रक्सनले भित्ता काट्न कठिन भएको भनेको ठाउँबाट निरन्तर पहिरो झरिरहेको छ ।

काठमाडौं भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिएको यो सडकखण्ड हुँदै दैनिक औसतमा १० हजारभन्दा धेरै सवारीसाधन आवतजावत गर्छन् ।