FLASH NEWS

‘नवीन राप्रपा’ कार्यान्वयनका लागि राप्रपाले तोक्यो प्रदेश संयोजक


नेपाल आवाज १९ असार २०८०, मंगलवार २३:०८ मा प्रकाशित १२०७ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘नवीन राप्रपा’ कार्ययोजना कार्यान्वयन गर्न सातवटै प्रदेशमा प्रदेश संयोजक तोकेको छ ।


पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नवीन राप्रपा’ कार्यान्वयनका लागि मंगलबार उपाध्यक्षहरुलाई प्रदेश संयोजक तोकेका हुन् ।

जसअनुसार रोशन कार्की कोशी प्रदेश, बुद्धिमान तामाङ मधेस प्रदेश, विक्रम पाण्डे बागमती प्रदेश, ध्रुव बहादुर प्रधान गण्डकी प्रदेशको संयोजकमा तोकिएका छन् ।

यस्तै अध्यक्ष लिङ्देनले उपाध्यक्ष रवीन्द्र मिश्र लुम्बिनी प्रदेश, मुकुन्द श्याम गिरी कर्णाली प्रदेश र उद्धव पौडेललाई सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी दिएका छन् ।