FLASH NEWS

देशविरोधी अभिव्यक्ति दिएकाे भन्दै प्रधानमन्त्रीको राजीनामा माग


नेपाल आवाज २० असार २०८०, बुधबार १५:०९ मा प्रकाशित १४४१ पाठक संख्या

काठमाडौं – आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको भनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति सार्वभौमिकता र संविधानविपरीत भएको ठहर गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा माग्ने भएको छ ।


संसदीय दलको आज बसेको बैठकले प्रधानमन्त्रीको आपत्तिजनक र देशको सार्वभौमिकताविरोधी अभिव्यक्ति क्षमायोग्य नभएकाले राजीनामा माग्ने निर्णय भएको एमाले सांसद ठाकुर गैरेले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले सोमबार काठमाडौंमा भएको लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) को विमोचन समारोहमा विवादित अभिव्यक्ति दिएपछि एमाले आक्रोशित भएको हो।

एमालेले बुधबार संसदीय दलको आकस्मिक बैठक राखेर प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध संसद्‍ अवरोधसम्मको आन्दोलन गर्ने निष्कर्ष निकालेको छ ।

यो पनि पढ्नुहोस्: प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर विपक्षीले बबन्डर मच्चाउन खोजे : प्रधानमन्त्री प्रचण्ड