FLASH NEWS

प्रधानमन्त्रीको जवाफ होइन राजीनामा चाहिएको हो: केपी शर्मा ओली


नेपाल आवाज २० असार २०८०, बुधबार १७:२६ मा प्रकाशित १३४५ पाठक संख्या

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ नभई राजीनामा चाहिएको बताएका छन् ।


बुधबार संसद बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधिनता विपरीतको अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभई राजीनामा चाहिएको बताएका हुन् ।

ओलीले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अस्वभनीय र आपत्तिजनक रहेको जिकिर गरे ।

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै एमालेसहित विपक्षी दलहरूले बुधबार संघीय संसदको दुवै सदन अवरुद्ध गरेको थियो ।