FLASH NEWS

विपक्षीले प्रधानमन्त्रीको राजीनामा मागेपछि बालुवाटारमा सत्तारुढको बैठक


नेपाल आवाज २१ असार २०८०, बिहीबार ११:३९ मा प्रकाशित ९४९ पाठक संख्या

काठमाडौं-  बालुवाटारमा सत्तारुढ दलको बैठक जारी छ ।


नेकपा एमालेसहित विपक्षी दलले प्रधानमन्त्रीको राजीनामा मागेपछि छलफल गर्न सत्तारुढ दलको बैठक बसेको हाे।

साथै, बैठकमा प्रमुख प्रतिपक्षले हिजोबाट गरेको संसद् अवरोध, मिटरव्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको र समग्र सरकारकारका कामकारबाहीबारे पनि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सार्वजनिक कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक–पटक दिल्ली धाएको’ अभिव्यक्ति दिएका थिए। यससँगै प्रमुख प्रतिपक्ष दल एमालेले बुधबार संसद्का दुवै सदनमा विरोध जनाउँदै प्रधानमन्त्रीकाे राजीनामा मागेकाे थियाे ।