FLASH NEWS

एसईईको नतिजा सार्वजनिक, कसरी हेर्ने ?


नेपाल आवाज २१ असार २०८०, बिहीबार १५:४४ मा प्रकाशित २२५१ पाठक संख्या

काठमाडौं –  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गरेको छ ।


बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो ।

नतिजा अनुसार ३.६० देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार ४७५ जना, ३.२० देखि ३.६० जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ जना, २.८० देखि ३.२० जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२ जना छन् ।

यस्तै, २.४० देखि २.८० जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना, २.०० देखि २.४० जीपीए ल्याउनेको संख्या १ लाख दुई हजार २९३ जना, १.६० देखि २.०० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७ जना, १.२० देखि १.६० जीपीए ल्याउनेको संख्या ३८ हजार ७७० जना र ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या २ हजार २०० जना छ ।

यस्तै, १३ हजार ९९२ जना अर्थात् २.९० प्रतिशत विद्यार्थीले कुनै पनि ग्रेड प्राप्त गर्न सकेका छैनन् ।

बोर्डले २०७९ को एसईई परीक्षामा सहभागी परीक्षार्थीमध्ये ४३१ जनाको परीक्षा रद्द भएको जनाएको छ । यस्तै, ४३१ जना परीक्षार्थीको परीक्षा रद्द हुनुका साथै २९० जनाको स्थगित भएको जनाएको हो ।

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको छ ।

एसएमएसका लागि १६००, ३१००३, ३४९४९,  ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np  मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np  नेपाल टेलिकमको www.see.ntc.net.np  www.khaltif\.com www.neemaacademy.com  www.ekantipur.com www.theconncetplus.com www.see.edusanjal.com www.admissionnepal.com www.seenicasiabank.com www.neemaaacademy.com  www.mypay.com.np  www.nepaleducatipnportal.com www.ayoresult.com ww.results.matraeducation.com  www.tuteeline.com  बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।