FLASH NEWS

‘पूर्वराजा ज्ञानेन्द्रलाई छिट्टै राजगद्दीमा देख्न पाइयोस्’


नेपाल आवाज २३ असार २०८०, शनिबार १४:३० मा प्रकाशित ११८३ पाठक संख्या

काठमाडौं – राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छिटोभन्दा छिटो राजगद्दीमा देख्ने चाहना राख्दै जन्मदिनकाे शुभकामना व्यक्त गरेका छन्।


पूर्वराजा शाहको ७७औं जन्मदिनको अवसरमा शुभकामना सन्देश जारी गर्दै मिश्रले यस्तो चाहना राेखेका हुन्।

उनले राजा, राजनीतिक दल र जनताले आ–आफ्नो ठाउँबाट जानेर, नजानेर गरेको गल्तीका लागि एकआपसलाई माफी दिँदै नवीन समझदारीमा नपुग्ने हो भने यो देशले धेरै ठूलो मूल्य चुकाउन बाँकी नै रहेको पनि खतरा औंल्याएका छन् ।

मिश्रले फेशबुकमा लेखेका छन्-

छिटोभन्दा छिटो राजगद्दीमा देख्न पाइयोस्!

– देश संकट-उन्मुख ‘छैन’ भनेर हजार तर्क गर्नेका सन्तान (अपवाद बाहेक) कोही नेपाल बस्नेवाला छैनन्।
– मलाई मरिमेटेर ‘दास’ भन्नेहरू (अपवाद बाहेक) मौका पाए कोही नेपाल बस्नेवाला छैनन्।

– मैले गरेको राजसंस्थाको वकालत मेरा लागि होइन। भगवान दाहिने भए यो माटोमा म त अर्को २०/२५ वर्ष बाचौँला। तर यो माटोमा ५०/६०/७० वर्ष जीवन बिताउनु पर्ने हामीभन्दा मुनीका पुस्ताहरू छन्। तिनको लागि यो देश दिनप्रतिदिन बस्न अयोग्य भएर गइरहेछ। मैले गरेको राजनीति तिनका लागि हो। चुनाव हारेँ, त्यो भिन्दै कुरा हो।
– राजा, राजनीतिक दल र जनताले आ-आफ्नो ठाउँबाट जानेर, नजानेर गरेको गल्तीका लागि एक-आपसलाई माफी दिँदै “नवीन समझदारी” मा नपुग्ने हो भने यो देशले धेरै ठूलो मूल्य चुकाउन बाँकी नै छ।

– त्यो “नवीन समझदारी”को दिन आउनेछ। त्यसैले जन्मदिनको अवसरमा यहाँको — यहाँ व्यक्तिका लागि मात्र होइन — यो देशका लागि पनि, सुस्वास्थ्य र दीर्घायुको लाख-लाख कामना गर्दछु! देश “नवीन समझदारी”मा पुगेको छिटै देख्न पाइयोस् भनि प्राथना गर्दछु।’