FLASH NEWS

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ


नेपाल आवाज २४ असार २०८०, आईतवार १०:४६ मा प्रकाशित १३९९ पाठक संख्या

विराटनगर – कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपणियताको शपथ लिएका छन् ।


माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले आज मुख्यमन्त्री उद्धव थापाद्वारा शपथ लिएका हुन् ।

मुख्यमन्त्री थापाले आजै माओवादी केन्द्रबाट २ जना र नेपाली कांग्रेसबाट एक जना गरी तीन जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अरु भने विना विभागिय छन् ।

यससँगै कोशी प्रदेशको मन्त्रीमण्डल ६ सदस्सीय भएको छ । यसअघि कांग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा एसबाट कमल जबेगु मन्त्री बनेका थिए ।

यता मन्त्रीपरिषद् गठनको विषयलाई लिएर एकीकृत समाजवादी रुष्ट बनेको छ । दोस्रो चरणको सरकार विस्तारमा आफ्नो पार्टीबाट कोही पनि नपरेपछि एकीकृत समाजवादी रुष्ट बनेको हो ।