FLASH NEWS

कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा


नेपाल आवाज २४ असार २०८०, आईतवार १३:३३ मा प्रकाशित १३०३ पाठक संख्या

काठमाडौं – कोशी प्रदेश सरकार गठनको विषयलाई नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ ।


न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको उक्त मुद्दा हेर्न नभ्याइनेमा परेपछि आज सुनुवाइ रोकिएको हो ।

कोशी प्रदेशमा सभामुखको हस्ताक्षरसहित बहुमत पुर्‍याएर गठन भएको उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै एमाले सर्वोच्चमा पुगेको थियो ।

निष्पक्ष बस्नु पर्ने सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रवार वारेसमार्फत रिट दर्ता गराएका थिए ।