FLASH NEWS

मिटरब्याजीसम्बन्धी विधेयक सरकारले नै ढिला गरेको हो, एमाले दोषी छैन : गोकुल बास्कोटा


नेपाल आवाज २४ असार २०८०, आईतवार १७:२३ मा प्रकाशित १२४९ पाठक संख्या

काठमाडौं – नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले मिटरब्याजीसम्बन्धी विधेय सरकारले नै ढिलो गरी सदनमा ल्याएका कारण समयमै पारित हुन नसकेको बताएका छन् ।


आज आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मिटरब्याज समस्या समाधानका लागि सरकारले ढिला गरी सदनमा विधेयक ल्याएका कारण समस्या भएको र यसमा एमालेलाई मुछ्नुपर्ने कुनै कारण नरहेको बताएका हुन् ।

यस्तै, उनले प्रधानमन्त्रीको कार्यालयले जारी गरेको नोट भ्रमित भएको र यसले नयाँ समस्या सृजना गरेको बताएका छन् । भ्रष्टाचार नियन्त्रणमा एमालेले रोक्यो भनेर सस्तो भ्रम छर्न खाजेको जिकिर उनको छ ।