FLASH NEWS

आरजु र मञ्जुलाई पनि पक्राउ गरिनुपर्ने आवाज उठ्न थाल्यो


नेपाल आवाज २५ असार २०८०, सोमबार १२:०३ मा प्रकाशित १५२५ पाठक संख्या

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेतृ एवं सांसदद्वय आरजु राणा र मञ्जु खाँणलाई पैसा बुझाएको भन्ने अडिओ नक्कली नभएको प्रमाणित भएपछि उनीहरूलाई पनि पक्राउ गरिनुपर्ने आवाज उठ्न थालेको छ।


प्रहरी प्रधान कार्यालयले सार्वजनिक अडिओको स्वर सोही प्रकरणमा हाल थुनामा रहेका  सन्देश शर्माको भएको पुष्टि भएको जानकारी आइतबार दिएको हो।

यसरी उक्त अडिओ नक्कली नभएको प्रमाणित भएकाले आरजु र मञ्जुलाई पनि गिरफ्तार गरिनुपर्ने माग नेकपा एमालेका नेता विष्णु रिजालले गरेका हुन्।

एमाले नेता रिजालले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आरजु राणा र मञ्जु खाँणलाई पैसा बुझाएको अडिओ नक्कली रहेनछ। सक्कली ठग (जो त्यही मुद्दामा थुनामा छ) ले नै रकम बुझाएको हो भनेको कुरा परीक्षणबाट प्रमाणित भएपछि अब पनि म्याडमहरूलाई गिरफ्तार नगरी नक्कली भुटानी शरणार्थी प्रकरण टुंगोमा कसरी पुग्छ?’