FLASH NEWS

वीरेन्द्र जैसीले तोडे अनशन


नेपाल आवाज २५ असार २०८०, सोमबार २२:४६ मा प्रकाशित २०१७ पाठक संख्या

काठमाडौं – प्रहरीको गोली लागी घाइते भएर उपचार तथा क्षतिपूर्तिका लागि तीन सातादेखि अनसनरत वीरेन्द्र जैसीले अनसत तोडेका छन्।


उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार वीर अस्पतालमा उनको अनसन तोडाए।

०७३ फागुन १ मा कोखामा प्रहरीको गोली लागि सख्त घाइते भएका उनले राज्यबाट उपचार क्षतिपूर्ति नपाएकाे भन्दै असनन थालेका थिए।

वन तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्न गएका कैलालीका स्थानीय युवा जैसीलाई प्रहरीकै गोली लागेको थियो।

माइतीघरमा अनशन बस्दाबस्दै स्वास्थ अवस्था थप जटिल भएपछि सहयोगीहरूले उनलाई वीर अस्पतालमा भर्ना गरेका थिए।

सोमबारबाट भने वीरेन्द्र प्रहरी अस्पतालमा उनको थप उपचार उपप्रधानमन्त्री श्रेष्ठले बताए।

अनशन तोडाउँदै उनले जैसीको अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र कुनै उपयुक्त रोजगारी समेतको व्यवस्था गरिदिने वचन दिएका छन्।