FLASH NEWS

मनाङ एयरको हेलिकप्टर दुर्घटना- ५ जनाको मृत्यु, एक जना बेपत्ता


नेपाल आवाज २६ असार २०८०, मंगलवार १३:१६ मा प्रकाशित १४६५ पाठक संख्या

काठमाडौं – मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् ।


घटनास्थलमा रहेका बेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट बिहान १० बजेर १२ मिनेटमा काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ५ र दूधकुन्ड नगरपालिका २ को सिमाना भक्कानेस्थित लाम्जुरापास चिहानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । हेलिकप्टर रुखमा ठोकिएर दुर्घटना भएको अवस्थामा भेटिएको हो ।

अहिले अल्टिच्यूड एयरको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको छ । प्रहरी र उद्धारकर्मीले उद्धारको काम जारी राखेका छन् । दुर्घटना स्थल ३६ सय ३४ मिटरको उचाइमा रहेको छ ।

हेलिकप्टरमा पाइलटसहित ६ जना यात्रु रहेका थिए । पाइलट मात्र नेपाली र बाँकी सबै मेक्सिकन नागरिक भएको मनाङ एयरले जनाएको छ ।