FLASH NEWS

सीता दाहाललाई ‘फस्ट लेडी’ को हैसियतमा अन्तिम बिदाइ गरिने


नेपाल आवाज २७ असार २०८०, बुधबार १३:२१ मा प्रकाशित १२८५ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको ‘फस्ट लेडी’ को हैसियतमा अन्तिम सम्मान गर्दै अन्तिम संस्कार गरिने भएको छ ।


आकस्मिक मन्त्रिपरिषद् बैठकले सीताको ‘फस्ट लेडी’ को हैसियतमा अन्तिम सम्मान दिने निर्णय गरेको हो । नेपालको इतिहासमा पहिलो पटक सीतालाई फस्ट लेडीको सम्मान दिएर अन्तिम बिदाई गर्न लागिएको हो । स्व. दाहाललाई नेपाली सेनाको दुई सेनामुख स्कर्टप्रति सहसेनानीको एक टुकडीद्वारा सलामी दिइने छ ।

यस्तै बैठकले उनको निधनप्रति नेपाल सरकारको तर्फबाट दु:ख तथा समवेदना प्रकट गर्ने निर्णय पनि गरेको छ ।

कार्डियाक अरेस्टका कारण आज बिहान नर्भिक अस्पतालमा ६९ वर्षीया दाहालको निधन भएको थियो । दिउँसो २ बजे पशुपतिस्थित आर्यघाटमा सम्मानसहित उनको अन्तिम संस्कार गर्ने समय तय भएको छ ।