FLASH NEWS

सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दु:ख व्यक्त


नेपाल आवाज २७ असार २०८०, बुधबार १३:४० मा प्रकाशित ११७१ पाठक संख्या

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डका श्रीमती सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले आज आफ्नो ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।


उनले भनेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । प्रधानमन्त्री प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको कार्डियाक अरेस्टका कारण आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । दिउँसो २ बजे पशुपतिस्थित आर्यघाटमा राष्ट्रिय सम्मानका साथ उनको अन्तिम संस्कार गर्ने समय तय भएको छ ।