FLASH NEWS

सीता दाहालको निधनप्रति देउवाको दुख व्यक्त


नेपाल आवाज २७ असार २०८०, बुधबार १५:०४ मा प्रकाशित १४५३ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीता दाहालको निधनप्रति शोक व्यक्त गरेका छन्।


माओवादी केन्द्रकी सल्लाहकारसमेत रहेकी सीताको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएपछि देउवाले दुख व्यक्त गरेका छन्।

देउवाले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्,‘नेकपा माओवादी केन्द्रका सल्लाहकार एवं पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड की जीवनसंगिनी सीता दाहालको निधनको खवरले स्तव्ध भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै प्रचण्डजी लगायत परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’