FLASH NEWS

ललिता निवास प्रकरणमा थप एक जना पक्राउ


नेपाल आवाज २७ असार २०८०, बुधबार १७:२९ मा प्रकाशित २३७७ पाठक संख्या

काठमाडौं – ललिता निवास प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बुधबार काठमाडौंको चावहिल क्षेत्रबाट समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।


ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने सरकारी कीर्ते प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् । त्यसमा समरजंग कम्पनीका तीन जना कर्मचारी रहेका छन् ।

सीआईबीले ललिता निवास सम्बन्धमा कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

ललिता निवासको १४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजंग कम्पनी थियो । तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ ।