FLASH NEWS

मातृशोकमा परेकी मेयर रेणुलाई बालेनले दिए समवेदना


नेपाल आवाज २७ असार २०८०, बुधबार १८:१३ मा प्रकाशित २६२९ पाठक संख्या

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मातृशोकमा परेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालप्रति समवेदना प्रकट गरेका छन्।


सामाजिक सञ्जालमार्फत बालेनले परिवारको अभिभावकत्व ग्रहण गर्दै प्रधानमन्त्री पितासहित सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस भन्ने कामना गरेका हुन् । साथै उनले स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेका छन् ।

प्रधानमन्त्री पत्नी दाहालको आज बिहान ८:३३ बजे ६९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ पार्थिव शरिरको अन्त्येष्टि गरिएको छ ।