FLASH NEWS

‘वान एक्स बेट’को प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार र युट्युबर रिहा


नेपाल आवाज २७ असार २०८०, बुधबार २१:०६ मा प्रकाशित २०७७ पाठक संख्या

काठमाडौं – अनलाइन सट्टेबाजी ‘वान एक्स बेट’ को प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार र युट्युबर रिहा भएका छन् ।


उनीहरूलाई पाँच हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएसँगै उनीहरू रिहा भएका हुन् । कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।

बल्छी ध्रुवे र राजु मास्टरसहित जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरे पाँचहजार धरौटी बुझाएर रिहा भएका हुन् ।

यस्तै वानएक्सबेटका मुख्य एजेन्ट भनिएका दिनेश खड्कालाई १० लाख र उनकी पत्नी अनिता धिताललाई ५ लाख धरौटी माग गरिएको छ ।