FLASH NEWS

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


नेपाल आवाज २९ असार २०८०, शुक्रबार १२:५४ मा प्रकाशित ९२५ पाठक संख्या

काठमाडौं – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ । आज विहान ११ बजे सचिवालय बैठक बस्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।


नेता पाण्डेका अनुसार आजको बैठक कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा बस्नेछ । बैठकमा एक वर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिनेछ ।

यसका साथै कतिपय नेता कार्यकर्ताले पार्टीको जिम्मेवारी छोडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने समेत छलफल हुने नेताहरूले बताएका छन् ।