FLASH NEWS

ओलीकाे आग्रह- ‘मेरो युट्युब च्यानल सब्सक्राईव गर्नुस् न है’


नेपाल आवाज ३१ असार २०८०, आईतवार १२:३४ मा प्रकाशित ९४९ पाठक संख्या

काठमाडौं – केपी शर्मा ओलीले जीवनका अनुभवहरू सुनाउँदै जाने बताउँदै आफ्नो युट्युब च्यानल सब्सक्राइब गर्न आग्रह गरेका छन्।


उनले सामाजिक सञ्जालमार्फत आइतबार बिहान आफू ५ हजार फिट माथिबाट उढिरहेको हेलिकप्टरबाट झरेर पनि बाँचेको कुरा उल्लेख गर्दै आफ्नो च्यानलमा आफ्नो जिवनका थुप्रै कुराहरु रहेको उल्लेख गरेका छन् ।

‘पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै लागेको थिएन । झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छामी हेरेँ । आश्चर्य लाग्यो । म घाइते थिएँ तर जिउँदो थिएँ । मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भयो । सफलताको अनुभूति गरेँ,’ उनले भनेका छन्’, ‘बाँच्नु आफैँमा एउटा सफलता हो । मृत्युका मुखमा पुगेर बाँच्नु मेरा लागि अझ ठूलो सफलताको विषय बन्न पुग्यो ।  यो मेरो २०५२ सालमा हेलिकप्टर दुर्घटनामा पर्दाको अनुभव हो ।’

अन्तिममा थपेका छन् ‘मैले मेरो जीवनका थुप्रै यस्ता अनुभवहरू मेरो युट्युब च्यानलमा सेयर गर्दै आइरहेको छु ।आगामी दिनमा पनि म आफ्ना यस्तै अनुभवहरू बाँड्दै जानेछु । च्यानल सब्सक्राईव गर्नुहोस् न है।’