FLASH NEWS

ललिता निवास प्रकरणः आरोपितलाई थप ५ दिन थुनामा राख्न अनुमति


नेपाल आवाज ३१ असार २०८०, आईतवार १५:३६ मा प्रकाशित १०६३ पाठक संख्या

काठमाडौं – ललिता निवास प्रकरणका आरोपितलाई जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।


न्यायाधीश दयाराम ढकालको इजलासले सो प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई सरकारी कागजात किर्तेको उजुरीमाथि अनुसन्धान नसकिएकाले थुनामा राख्न अनुमति दिएको हो ।

यसअघि पनि अदालतले पहिलो पटक ७, दोस्रो पटक पनि ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।