FLASH NEWS

कास्कीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु


नेपाल आवाज १ श्रावण २०८०, सोमबार १६:३४ मा प्रकाशित ११२३ पाठक संख्या

पोखरा – कास्कीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ। कास्कीबाट लमजुङ जाँदै गरेको ग १ ख ७६८६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई रूपा गाउँपालिका-३ पोल्याङमा बिहान ७:४८  ठक्कर दिएको थियो।


दुर्घटनामा परी मोटरसाइकलमा सवार लमजुङको मध्यनेपाल गाउँपालिका-६, भोर्लेटारका २३ विवेक विक र २० वर्षीय दीपेन्द्र विक गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्रीराम तिमिल्सिनाका अनुसार २३ वर्षीय विवेकको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। उनका भाइ दीपेन्द्रको पनि अवस्था गम्भीर रहेको उनले बताए।  विवेक र दीपेन्द्र सहोदर दाजुभाइ हुन्।

बसका चालक रूपा गाउँपालिकाकै विशाल गुरूङलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक  तिमिल्सिनाले जानकारी दिए।