FLASH NEWS

घरबाटै लगेर १७ वर्षिया किशोरीको बलात्कार आरोपमा चार जना पक्राउ


नेपाल आवाज २ श्रावण २०८०, मंगलवार १६:३२ मा प्रकाशित १९५१ पाठक संख्या

जनकपुरधाम –  १७ वर्षीया किशोरीको सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन्।


गत शुक्रवार किशोरीको सामूहिक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले ४१ वर्षका कैलाश पोखरेल, २४ वर्षका सुदीप भुजेल, २२ वर्षका मनोज विश्वकर्मा र २१ वर्षका दीपेश सुवेदीलाई पक्राउ गरेको हो।

उनीहरूमाथि किशोरीलाई घरबाट उठाएर नजिकैको खाली घरमा लगेर सामूहिक बलात्कार गरेको आरोप लागेको छ।

आइतबार परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन्।